भागोप्रमो समर्थित टीएमसी प्रार्थी गोपाल लामा आफ्नो चुनाउ प्रचारमा कालेबुङ आइपुगेका थिए। यस अवधि तिनलाई टिस्टादेखि कालेबुङसम्मै ठाउँ-ठाउमा भव्य स्वागत जनाएको थियो। लामासँग भागोप्रमो केन्द्रीय समिति अध्यक्ष अनित थापा, कालेबुङ विधायक रूदेन सादा लेप्चा, नगरप्रशासक रवि प्रधान, टीएमसी दार्जीलिङ जिल्ला अध्यक्ष शान्ता छेत्री, टीएमसी दार्जीलिङ जिल्ला युवा अध्यक्ष सुमन गुरूङ, भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङ, मूलसचिव बारूद थापा, प्रवक्ता भुवन पी खनाल, भागोप्रमो कालेबुङ जिल्ला चुनाउ प्रभारी कमल सुब्बा आदिको मुख्य रूपमा उपस्थिति रहेको थियो।