सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आज जोरथाङको जन खेलमैदानमा आयोजना गर्यो राज्य स्थरिय जनसमर्थन महाजनसभा। उक्त जनसभा आगामी विधानसभा अनि लोक सभा चुनावलाई ध्यानमा राख्दै आयोजना गरिएको थियो। आयोजित जनसभामा पार्टीका अध्यक्ष अथवा निवर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङ गोले अनि प्राय उम्मेदवारहरुको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित भई भेलालाई संबोधन गर्ने क्रममा ५१ हजार भन्दा बढी सेल्फ हेल्प समुहका सदस्यहरुले एसकेएम लाई समर्थन पत्र चढाएको छ भनी पार्टी अध्यक्ष प्रेम सिंह तामाङ गोलेले बताएका छन्। आजको आयोजित कार्यक्रममा सिक्किमका प्राय स्टुडेन्ट representative का सदस्य त्यसै गरी सिक्किम होटल एण्ड रेष्टुरेन्ट एशोसिएसन, सिक्किम युनाइटेड टुरिजम एशोसिएसन, सिक्किम लिकोर्स भेन्डरस एशोसिएसन, सिक्किम फार्मसिस्त एशोसिएसन अनि सिडसेल जस्ता संगठनहरुले आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई समर्थन जनाएको थियो। अध्यक्ष गोलेले आफ्नो सम्बोधनमा भने कि अहिले सम्म जति पनि पोस्टल व्यालोट अनि व्यालोट भोटमा ९९ प्रतिशत हाम्रो खल्तीमा परी सकेको छ भनी बताएका छन्। र यस वर्षको विधानसभा चुनावमा ३२ वटा विधान सभा अनि एक लोक सभा चुनाव जिती सकेको छ भनी दाबी गरेका छन्।