सुकेपोखरी १६ अप्रेल।
जोरबङलो सुकेपोखरी खण्डको पोख्रेबोङ ग्राम पञ्चायत तीन अन्तर्गतका गाउँमा गएको दुइ- तीन महिनादेखि विद्युत सर्वराहमा अनियमितता देखिएको छ। उल्लेखित विषयलाई लिएर पञ्चायत कार्यलयमा गुनासो दर्ता गरिएपछि आज पञ्चायत प्रधान विकाश शङ्करले विभागीय अधिकृत सुकेपोखरी खण्डमा पत्राचार गरे। विद्युत अनियमितताको कारण अध्ययन,बिहे मरौ , आध्यात्मिक अनुष्ठान,वृद्ध,बिरामी तथा शिशु भएको घर, अफिसियल र अनलाइन कार्य आदिमा बाधा पुग्नका साथै अन्ध्यारोको कारण चोरी डकैती जस्ता अपराधमूलक कार्य समेत बड़ने सम्भावना रहने उल्लेख गरिएको पत्रमा समस्या सामधानको निम्ति अविलम्ब पहल गरिनुपर्ने उल्लेख गरिएको छ। बिभागीय अधिकृतले यस विषयलाई विशेष रूपमा लिएको अनि सामाधानको दिशामा उचित पहल गरिने आश्वासन दिएको उपप्रधान अजय सुब्बाले बताएका छन्।