सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका वरिष्ठ नेता एवम्‌ पूर्व विधानसभा अध्यक्ष श्री के एन राईलाई मल्ली द्वारमा पार्टीका नेता तथा सहयोद्धाहरूले मंगलबार भव्य स्वागत जनाए। श्री राईलाई एसकेएम पार्टीका कार्यकर्ताहरूले गत मार्च महिनाको १ तारिख प्राणघातक आक्रमण गरी मरणासन्न तुल्याएका थिए। त्यसैले श्री राईलाई स्वस्थ्य उपाचारका निम्ति सिलगढीदेखि दिल्ली लगिएको थियो। प्राणघातक आक्रमण भएको एक महिना १६ दिनपछि एसडीएफ पार्टीका वरिष्ठ नेता श्री राई स्वास्थ्य उपचारपछि आफ्नो घर सिक्किम फर्किएका हुन्।
एसडीएफ पार्टीका नेताहरू श्री भाइचुङ भोटिया, श्री निर्मल कुमार प्रधानलगायत हजारौँ एसडीएफ सहयोद्धाहरूले मल्ली द्वारमा श्री राईलाई स्वागत जनाए। मल्ली द्वारमा स्वागत जनाएपछि कार र्‍यालीसहित नाम्ची जिल्लाअन्तर्गत बर्फुङ समष्टिको जारोङस्थित निवासस्थानमा श्री राईलाई एसडीएफ सहयोद्धाहरूले पुर्‍याए।
एसडीएफ परिवार श्री के एन राईको स्वास्थ्य सुधारका निम्ति हर्ष प्रकट गर्दछौं अनि समस्त शुभचिन्तकप्रति आभार व्यक्त गर्दछौँ।

रमेश किराँत
प्रवक्ता, नाम्ची जिल्ला
एसडीएफ।