आज देखि दार्जीलिङ हिल युनिभर्सिटीको पहिलो अफ लाइन क्लास सुरु भयो।

युनिभर्सिटीका रजिस्ट्रार डा सुजाता रानीले जानकारी दिँदै भनी, ” आज देखि युनिभर्सिटी ले अफ लाइन क्लास सुरु गरेको छ। यहाँको आधारभूत सुविधाहरु राम्रो छ। 82 जना विद्यार्थीहरूले 6 वटा विषयमा अध्यापन गर्नेछन्।”

डा सुजाता भन्छन, “हामीले क्याम्पस सुरु गर्नु जीटीएबाट धेरै सहयोग पाएका छौ। उहाँहरूको सहयोग नभएको भए आज हामीले कक्षा सुरु गर्नु सक्ने थिएनौ।”

पहाड लगायत कोलकाता अनि अलिपुरद्वारका धेरै विद्यार्थीहरु क्याम्पसमा अध्ययनरत छन्।

क्याम्पसकाे आफ्नो होस्टेल नहुनुको कारण स्थानीय समाजले विद्यार्थीहरूलाई राख्न सक्ने बताएका छन्।