दार्जीलिङ 16 अप्रैल: भारतीय जनता पार्टीले हामीलाई झुक्काउने काम मात्र गरेको छ यो मनतब्य ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पोखेको हो।खरसाङ बजारमा आज ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चूनावी जनसभा सम्पन्न भयो।आयोजित चूनावी जनसभालाई सम्बोधन गर्ने क्रममा काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले भारतीय जनता पार्टी लाई हामी 15 बर्ष दियौ तर भाजपाले हामीलाई झुक्काउने कार्य बाहेक अरू केही गरेनन।तिनले अझ भने भाजपाले हाम्रो भोट हत्याउनलाई हामीसंग केवल झूठो बाचाहरू मात्र गरयो तर ती वाचाहरू पूरा गरेनन। पहाडको तृणमूल काग्रेसलाई समर्थन पार्टी भष्ट्रचार, घोटालाहरूमा लिप्त छ,तृणमूल काग्रेसलाई समर्थन गर्ने पहाडको राजनैतिक पार्टीको भष्ट्रचार र घोटालाहरू कसैको नजरबाट छुटेको छैन,भाजपको झुक्काउने नीति र तृणमूल काग्रेसलाई समर्थन गर्ने पार्टीको भष्ट्रचार र घोटालाले वाक्क दिक्क भएको पहाडबासीहरूले विकल्प खोजी रहेको छ अनि हामी विकल्पको रूपमा यहा आएका छौ डाक्टर तामाङले भने।तिनले अधि भने काग्रेस पार्टीको महासचिव गुलाम अहम्मदले पार्टीको चूनावी घोषणा पत्रमा छैटौ अनुसूचिको बारेमा स्पष्टसंग उलेख गरिएको बताउनु भएको छ।केन्द्रमा ईण्डिया गठबन्धनको सरकार गठन भएको खण्डको दार्जीलिङ पहाडलाई छैटौ अनुसूचि प्रदान गरिने साथै गोर्खा समुदायको जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गरिने विषय बारे स्पष्टसंग बताउनु भएको छ भन्ने तामाङले बताए।केन्द्रमा यूपीए सरकारको शासनकालमा दार्जीलिङ पहाडलाई छैटौ अनुसूचि दिने विषयमाथि संदनमा वील पेश गरेको हो।केन्द्रमा काग्रेसको सरकार आएको खण्डमा छैटौ अनुसूचिको वीललाई पूनः पेश गरिनेछ तामाङले भने।गोर्खा जातिको जातिया मुद्वालाई सम्बैधानिक रूपमा पारित गर्ने दिशामा हामी काम गर्ने छौ,काग्रेसको सम्बैधानिक समाधान भाजपाको स्थायी राजनैतिक समाधान जस्तो होइन तिनले भने।भाजपाले के जति बोल्छ ती सवै नारा मात्र हुन्छ तर त्यसको आधार हुदैन।भाजपाले गोर्खाहरूको बारेमा जे जति भन्दै थिए ती यस पटकदेखि भन्न समेत छोडी दिएको छ आफ्नो झूठदेखि भाजपा आफै थाकी सकेको छ तामाङले भने।