आज सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले आगामी ११औं विधानसभा अनि १८औं लोक सभा चुनावलाई ध्यानमा राख्दै आयोजना गर्यो सिक्किमको दुई वटा स्थान माखा अनि सिङताममा जनसभा। दुई वटै जनसभामा सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको अध्यक्ष पवन कुमार चाम्लिङ अनि उम्मेदवारहरुको उपस्थितिमा सम्पन्न भएको थियो। आयोजित कार्यक्रममा पार्टीका समर्थकहरुको निकै बाक्लो उपस्थिति देखिएको थियो। पार्टी अध्यक्ष पवन कुमार चाम्लिङले सभालाई सम्बोधन गर्ने क्रममा भने यदि सिक्किममा पुन सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको सरकार आए सिक्किममा शान्ति अनि समृद्धि फर्की आउने छ भनी बताएका छन्। सिक्किमको सुरक्षा अनि शान्तिको निम्ति यसवर्षको चुनावमा जनतले एसडीएफलाई भोट हाल्नु पर्छ भनी बताएका छन्।