गोरामुमो अध्यक्ष मन घिसिङ द्वारा सोनादामा र्‍यालीको साथमा राजु बिष्टलाई भारी मतले जिताउन जनसम्पर्क अभियान गरे । सोनादा पेट्रोल पम्प देखि सोनादा बजार परिक्रमा गरि अप्पर सोनादा डाँडा , डीबी रोड , स्वरस्वती डाँडा, गोराबारी , मार्ग्रेटहोप , रिङटङ, अनि बालासनमा अध्यक्ष मन घिसिङलाई जनता द्वारा भब्य स्वागत जनाएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् । आजको जनसम्पर्क अभियान विषय लिएर खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङले जानकारी दिदै भने, अध्यक्ष मन घिसिङको जनसम्पर्क अभियानले सोनादावासीमा धेरै उत्साह आएकोछ । जनताले भब्य स्वागत जनाएको छ। विपक्षले नानाथरीको कुरा गर्दै हिन्छ । जीटीएमा सबै भुमी पुत्र छ खोइ त बिकास ? भ्रष्टाचार भाईभतिजावाद मात्र गरेको छ । क्षेत्रीयताको कुरा गर्छ के टीएमसी क्षेत्रीय दल हो त ? गोपाल लामालाई टीएमसीलाई उम्मेदवार बनाएर पहाडमा टीएमसीको नाममा भोट माग्नु सकेको छैन । हिम्मत छ भने टीएमसीको झण्डा बोकेर भोट माग्ने भुपेन गुरुङले चुनौती समेत दिए ।प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरुको मुद्दालाई संवेदनशील बताएर अब गोर्खाहरुको समाधानको समाधान नजिक रहेको जनाए पछि संकल्प पत्रको जरुरत छैन । पहाडको भुमिपुत्रहरुले सबै सक्यो हामीलाई लथालिङ्ग बनायो । राजु बिष्ट भनेको कर्मपुत्र हो उसले कार्य गरेको छ गोर्खाहरुको निम्ति अब मुद्दा पार लगाउन र हाम्रो खोसिएको हक र अधिकार दिलाउन हाम्रो शिक्षित युवा युवतीहरुलाई न्याय दिलाउन भारी मतले जिताउनु पर्छ । पहाड मा कहिले पनि सीबीआइ आएको थिएन तर जीटीए चलाउनेहरुले प्रत्येक क्षेत्रमा भ्रष्टाचारको सिमा नाघेको छ यसकारण अब सीबीआइ आउनु पर्छ । गोर्खाहरुले अब संवैधानिक सुरक्षा भएको तपाईं हामी हर्सोउल्लासको साथ बाँच्न सक्ने ब्यवस्था पाउने शुभ संकेत पाएका छौं । बंगाल सरकारले कहिले पनि गोर्खाहरुको भलो चहान्दैन हामीलाई दिन्छ त केवल केन्द्र सरकारले दिन्छ यसपालि पनि केन्द्रमा बिजेपी सरकार आउने निश्चित भएको छ भनी भुपेन्द्र गुरुङले आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन् ।