राजू बीस्ट - सांसद , भारतीय जनता पार्टी , दार्जीलिंग

आज मैले, सुखिया पोखरी, दार्जिलिङमा हाम्रा गठबन्धन पार्टीका नेताहरूसँग एउटा चुनावी जनसभालाई सम्बोधन गरेँ, अनि आगामी आम निर्वाचनमा जनताबाट आशीर्वाद र समर्थनको अनुरोध गरेँ। म सुखिया पोखरीका जनताबाट प्राप्त माया अनि स्नेहका लागि सदैव आभारी रहनेछु। हाम्रो क्षेत्रका जनताले मलाई दिनुभएको न्यानो माया अनि अनुग्रहले मभित्र थप ऊर्जा उत्पन्न गर्दछ।.

आफ्नो सम्बोधनमा मैले टीएमसी सरकारद्वारा “स्वयंसेवावाद”को नाममा हरेक चिजलाई “अस्थायी” राखेर थोपरिएको अनिश्चितताको निस्सासिने वातावरणमाथि प्रकाश पारेँ। सरकारी कर्मचारीदेखि शिक्षाविदहरू अनि नागरिक स्वयंसेवकहरूसम्म, साथै प्रशासनिक ढाँचालाई जीटीएको नाम दिएर कोलकाताद्वारा सुनियोजित ढङ्गले “अस्थायी” अवस्थामा नै राखिएको छ।

माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा हामी अस्थायीपनाको यस कुसंस्कृतिलाई ध्वस्त गरेर भारतको संविधानअन्तर्गत स्थायी राजनीतिक समाधान (पीपीएस) सुनिश्चित गर्नेछौँ।

टीएमसीले जानिबुझिकन चिया बगान अनि सिन्कोना बगान श्रमिकहरूलाई उनीहरूका पर्जा पट्टा अधिकारबाट वञ्चित गरेको छ, अनि उनीहरूको वेतन साह्रै कम्ती राखेको छ। उनीहरूको षड़यन्त्र हाम्रा युवाहरूलाई रोजगारको खोजीमा आफ्नो ठाउँबाट टाढ़ा जान बाध्य गर्ने, अनि रोहिङ्ग्या र अवैध घूसपैठीहरूलाई हाम्रो क्षेत्रमा भित्र्याउने रहेको देखिन्छ। यस्तो कुत्सित षड़यन्त्रबाट हामी सचेत रहनु जरुरी छ।

यसको विपरित, प्रधानमन्त्री मोदीज्यूले चिया अनि सिन्कोना बगानमा काम गर्ने हाम्रा दाजुभाई-दिदीबैनीहरूलाई मद्दत गर्न चार नयाँ श्रम कानूनहरू – वेतन कानून, सामाजिक सुरक्षा कानून, व्यावसायिक सुरक्षा, स्वास्थ्य एवं कार्यावस्था कानून र औद्योगिक सम्बन्ध कानून ल्याउनुभयो। यी कानूनले उचित वेतन, उच्चस्तरीय जीवन शैली, अनि चिया बगान र सिन्कोना बगान श्रमिकहरूका लागि उत्कृष्ट सामाजिक सुरक्षाको ग्यारेण्टी दिन्छन्।

टीएमसी सरकारले यी कानून लागू गर्न अस्वीकार गरेको छ। तर भाजपाले हाम्रा चिया अनि सिन्कोना बगान श्रमिकहरूलाई न्याय दिलाउन यी कानूनहरू लागू गर्नेछ। हाम्रो क्षेत्रका रैथाने जनताको सुरक्षा निम्ति भाजपाले हाम्रा चिया बगान, सिन्कोना बगान, फरेष्ट गाउँ अनि डीआई फण्ड ल्याण्डका बासिन्दाहरूका लागि सबै पुश्तैनी भूमिको पर्जा पट्टा अधिकार सुनिश्चित गर्नेछ।
सुखिया पोखरी, पोख्रेबुङ उपत्यका, नागरी उपत्यका, माने भञ्ज्याङ, पर्मागुड़ी, रामजी, सिमाना पुलुङदुङ, बालसन, राङभाङ अनि वरिपरिका क्षेत्रभरि होर्टिकल्चर र फ्लोरिकल्चर लगायत सबै कृषिगत कार्यहरूलाई सशक्त बनाउन फलफूल र सागसब्जीहरूसित सम्बन्धित चुनौतिहरूलाई कम गर्न एउटा मजबूत कोल्ड-चेन नेटवर्क स्थापना गर्ने मेरो परिकल्पना छ। यसका अतिरिक्त, किसान उत्पादक संगठनहरू (FPOs) र किसान सहकारीहरूको गठनले हाम्रो क्षेत्रका कृषिजन्य उत्पादनहरूको विक्री-व्यवस्थालाई सशक्त बनाउन सकिन्छ।

हाम्रो क्षेत्रको स्तब्धकारी प्राकृतिक भव्यताको लाभ उठाउँदै हामी ग्रामीण पर्यटन अनि होमस्टेहरूलाई बढ़ावा दिन वचनबद्ध छौँ। व्यापक तालिम एवं क्षमता-निर्माण पहलहरूको माध्यमले हाम्रो लक्ष्य युवाहरूलाई सशक्त बनाउने , अनि यी उद्यमहरूबाट प्राप्त हुने आर्थिक अवसरहरूको फाइदा लिन उनीहरूलाई सक्षम बनाउने रहेको छ।

आजको जनसभामा उपस्थित भएर शोभा बढ़ाइदिनुभएका सबैमा हार्दिक आभार व्यक्त गर्दछु।