दार्जीलिङ 14 अप्रैल: मणिपूरको हुन नसक्ने दार्जीलिङको कहिले हुन सक्दैन यो मनतब्य हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।ईण्डिया गठगबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको आज दार्जीलिङको चोक बजारको गिताङगे डाडामा चूनाव सभा सम्पन्न भयो। चूनावी सभा शुरू हुन अधि ईण्डिया गठबन्धनको दलहरूले विराट रैली निकालेको थियो।यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो जन्मेको ठाउँ मणिपूरको हुन नसक्ने मान्छेले दार्जीलिङ पहाडलाई याद गर्छ भन्ने भ्रम मात्र रहेको तिनले बताए।अध्यक्ष एडवाडर्सले अधि भने अहिले चूनावको माहोल छ,रूपियाँ पैसाको छेलो खेलो हूदैछ,क्षेत्रिया दलहरू मास्ने पार्टीले ठूल्ठूला कुराहरू गर्दैछ,तृण्मूल काग्रेस अनि अनित थापा दाजुको पार्टीले नरिवल यस बर्ष जति नरिवलहरू फुटाएको छ ती सवै कामहरू भएको हुन पर्छ। भाजपालाई पनि होइन तृणमूल काग्र्रेसलाई पनि होइन यस पटकको भोट काग्रेस पार्टीलाई दिने अध्यक्ष एडवाडर्सले आहवान गरयो।तिनले अधि भने भारतीय जनता पार्टीले यस पटकको चूनावी संकल्प पत्रमा गोर्खाहरूको बारेमा केही लेखेेको छैन यदि गलतीले भोलीको दिनमा लेखेछ भने त्यसलाई विश्वास नगर्नोस अध्यक्ष एडवाडर्सले भने।भारतीय जनता पार्टीको नाम नलिइ अध्यक्ष एडवाडर्सले भने हाम्रो मान्छेहरूले हाम्रो मांग पूरा गर्छ भन्दैछ तर सांसद बन्नुको पछि ठूल्ठूला महंगो प्रोजेटहरू रहेको तिनले आरोप लगाए।एडवाडर्सले अझ भने आफु जन्मको ठाउ मणिपूरको हुन नसक्ने मान्छेले यहाँ आएर ठूल्ठूलो कुराहरू नगर्दा पनि हुन्छ भन्ने तिनले बताए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जीलिङ नगरपालिकाले नयाँ पानीको कनेक्सन गर्नलाई दुई लाख रूपियाँ घूस माग्ने गरेको दावी गरेको छ।नयाँ कनेक्सनको अर्जी चढाउने र नगरपालिकामा कार्यरत एक जिम्मेवार अधिकारीसंगको टेलिफोनिक बातचितको रिकार्ड उनले सर्वजनिक गरी दिएका छन।टेलिफोनिक बातचितमा दार्जीलिङ नगरपालिकाको जिम्मेवार अधिकारीले पानीको नयाँ कनेक्सन पास गर्न मात्र दुई लाख रूपिया पर्ने अनि पानी जोडनलाई पाइप र जोडेको छुटटै खर्च पर्ने बातचितमा बताएका छन।