भारतीय जनता पाटीकाे चुनावी सभा आज गेजिङ जिल्लाकाे मानेबुङ देन्ताम समष्टि अन्तर्गत उत्तरे झिल परिसरमा सम्पन्न भयो ।
भारतीय जनता पाटीले राज्यका सबै समष्टिमा उम्मेदवारले तिब्र रूपमा चुनावी अभियान चलाई रहेका छन ।
आज मानेबुङ देन्ताममा उम्मेदवार नरेन्द्र कुमार सुब्बाले सबै जनतालाई कमल काे फुलमा भाेट दिएर विजयी गराउने अपिल गरेका छन ।
उनले बिजेपी पाटी भनेकाे भारतकाे सबैभन्दा राम्रो र इमानदार पाटी हो ,अब सिक्किमकाे भविष्य पनि यही पाटीमा रहेकाे सुब्बाले बताएका छन । परिवर्तनको नाममा आएको पाटीले केही काम नगरेकाे बताउदै केवल जनतालाई त्रास र कुटपिट गर्ने मात्रै काम गरेकाे उनले आराेप लगाए ।
भारतीय जनता पाटी सरकारमा आएपछि यसै समष्टिमा धेरै पुर्वधार विकासका कार्यहरू गर्ने बताए । उनले उत्तरे झिलकाे अधुरो कार्य प्रति आक्राेश व्यक्त गर्दै सरकार आएपछि यसकेा इन्क्वारी गर्ने पनि बताए । सबै कार्यहरू अधुरो र लथालिङ्ग रहेकाे कार्यहरू प्रति अब सरकार आएपछि सबै कामहरू युद्धस्तरमा गरिने जानकारी दिए । याे समष्टिमा स्वास्थ्य शिक्षा आदि विषयमा जाेड दिएर काम गर्ने पनि बताए । उत्तरेमा 25 बेडकाे अस्पताल बनाउने उनले बताए । अन्य प्राथमिक स्वास्थ्य केन्द्रलाई बडाेत्तरी गर्ने बताए । भारतीय जनता पाटीकाे मुख्य कार्यक्रम भनेकाे 32 देखि 40 सिट बनाएर दुइटा एमपी,दुईवटा राज्यसभा एमपी बनाउने पनि जानकारी दिए । 2024 काे चुनाउपछि एसकेएम पाटी समाप्त हुने अनि केजरीवालकाे ताक हुने पनि उनले बताए ।
जनतालाई धम्काएकाे र दुख दिएको अब याे चुनाउमा जनताले राम्रोसँग जुवाब दिने पनि उनले बताए ।
अब सिक्किमकाे भविष्य केवल भारतीय जनता पाटी मात्रै बनाउन सक्ने सुब्बाले दाबी गरे ।
सभामा ललित पाेख्रेल सहित अन्यले पनि सम्बाेधन गरेका थिए ।