दार्जीलिङ 14 अप्रैल: भारतीय जनता पार्टी देशको निम्ति घातक हो यो मनतब्य ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पोखेको हो।शहरको चोक बजारमा ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चूनावी जनसभा आयोजना भएको थियो।आयोजित चूनाव जनसभालाई सम्बोधन गर्ने क्रममा डाक्टर तामाङले भाजपा गोर्खाहरूको निम्ति घातक रहेको कुरा तपाई हामीले बुझी सकेका छौ तर भारतीय जनता पार्टी देशकै निक्ति घातक भएको छ।तिनले अधि भने पहाडबासीलाई भारतीय जनता पार्टीलाई 15 बर्ष समर्थन गर्दै सांसद दिन्दै आएको हो तर यस 15 बर्षको भाजपाले पहाड तराई डुवर्सबासीहरूलाई जे जे वाचाहरू गरेका थिए,ती वाचाहरू मध्ये आजसम्म एउटै पनि पूरा गरेको छैन।तिनले अधि भने म पूर्ण विश्वासंगको भन्दैछ अब हुने चूनावमा केन्द्रको भाजपा सरकार लडनेछ,2024 को चूनावले देशमा नयाँ सरकारको गठन गर्नेछ,जसले देशको संविधानमाथि विश्वास गर्छ,जसले सवको साथ सवको विकाशमाथि आस्था र भरोसा राखेको छ,त्यसले देशमा नयाँ सरकार ल्याउनेछ।पहाडसंग संगै देशमा पनि यस पटक अवश्यै परिवर्तन हुनेछ।तामाङले अधि भने भाजपाले झूठ मात्र बोल्छ भन्ने मैले अधिबाटै भनेको हो,पहाडबासी एंव गोर्खाहरूलाई पीपीएसको सपना देखाए,विश्व विधालयको सपना देखाए,11 जात गोष्ठीको सपना देखाए,आज 15 बर्ष विति सक्दा पनि भाजपाले यी कुनै विषयहरू पूरा गरेको छैन।भारतीय जनता पार्टीले आज आफ्नो संकल्प पत्र जारी गरेको छ तर जारी गरेको संकल्प पत्रमा गोर्खाहरूको बारे केही कुरा उलेख गरेको छ,यसले स्पष्ट हून्छ भाजपालाई गोर्खाहरूप्रति कुनै वास्ता छैन तामाङले भने।भाजपा समर्थन जनाउँने पहाडको राजनैतिक दलको नेतृत्वहरूले आफुले आफुलाई झुक्काउने काम गरेको छ।पहाडको नेतृत्वहरूले जनतालाई कति दिनसम्म झुक्काउने,कति दिन धोखा दिने तिनले प्रश्न तेर्साए।