दार्जीलिङ 15 अप्रैल: भारतीय जनता पार्टीलाई भोट दिने कुनै आधार छैन यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको पक्ष मा ईण्डिया गठबन्धन दलहरूको नेतृत्वहरू निरन्तर रूपमा लागि परेका छन।यसैक्रममा मिरिक बजारमा ईण्डिया गठबन्धनको नेतृत्वहरूले काग्रेस प्रार्थी डाक्टर मुनिष तामाङको पक्षमा चूनाव प्रचार गरयो।आयोजित प्रचार प्रसारको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भारतीय जनता पार्टीलाई भोट दिने कुनै आधार छैन।यदि कुनै आधार छ भने बताउनोस तिनले भने।हामीले भारतीय जनता पार्टीलाई विगत 15 बर्षदेखि समर्थन जनाउदै सांसद दिन्दै आएका हौ।यस अवधि भारतीय जनता पार्टीले हामीलाई ठूल्ठूला सपनाहरू देखाएका थिए।ठूल्ठूला वाचाहरू गरेका थिए तर ती सपना र वाचाहरू कुनै पूरा गरेनन।गोर्खा समुदायको 11 जात गोष्ठीलाई जन जातिमा समाबेश गर्ने वाचा गरेको थियो तर खै?स्थायी राजनैतिक समाधानको वाचा गरेको थियो तर खै,चिया श्रमिकहरूलाई मिनिमम वेजेस दिने वाचा गरेको थियो तर खै भन्दै अजय एडवाडर्सले प्रश्नमाथि प्रश्न तेर्साए। पहाड अनि गोर्खाहरूले आजसम्म जे जति पाएको छ त्यो सवै काग्रेस सरकारको शासनकालमा नै पाएको छ अनि पहाड र गोर्खाहरूले केही पाउछ भने त्यो पनि काग्रेस सरकारकै शासनकालमा पाउनेछ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यस पटक झूठ बोल्नेलाई होइन पहाड र गोर्खाहरूलाई केही दिनेलाई भोट दिनोस भने।