दार्जीलिङ 13 अप्रैल: भारतीय जनता पार्टीले हामीसंग झूठको राजनीति मात्र गरयो तर काग्रेस पार्टीले हामी गोर्खाहरूलाई धेरै कुराहरू दिएको छ त्यसैले हामीले ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वारलाई समर्थन जनाउने निर्णय लिएका हौ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।ईण्डिया गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको पक्षमा चूनाव प्रचार प्रसार गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स आज कालेबुङ पूगेको थियो। यस अवधि एडवाडर्सले भाजपा र तृणमूल गठबन्धन दलको विकल्प काग्रेस मात्र रहेको बताए।तिनले अधि भने हामीले भारतीय जनता पार्टीलाई 15 बर्षसम्म समर्थन जनाउँदै सांसदहरू दिएका हौ तर 15 बर्ष नाघी सक्दा पनि केन्द्रको भाजपा सरकारले पहाड तराई डुवर्स एंव गोर्खाहरूको निम्ति केही नगरेको अध्यक्ष अजय एडवाडर्सले बताए।तिनले अधि भने आजसम्म पहाड एंव गोर्खाहरूले जे जति पाएका छन ती सवै काग्रेस सरकारकै शासनकालमा पाएको अध्यक्ष एडवाडर्सले बताए।