समुदाइको उन्नतिमाथि गर्व गर्नुको साटो लान्छना लगाउनु दुर्भाग्य हो: डाक्टर मुनिष
दार्जीलिङ 11 अप्रैल: समुदायको उन्नतिमाथि गर्वको गर्नुको साटो बाहिरोको भन्ने संज्ञा दिनु दुर्भाग्य हो यो मनतव्य ईण्डिया गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार मुनिष तामाङले पोखेको हो।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्पित तृणमूल कांग्रेसको उम्मेद्वार गोपाल लामाको चूनावी सभामा कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङलाई दिल्लीबाट आएर भोट मांग्दैछ भन्ने गम्भीर लान्छना लगाउने कार्य भएको थियो।आफुमाथि बाहिरोबाट आएको भन्ने जस्ता लान्छना लगाएको घटना सामाजिक संजालहरूको माध्यमबाट थाहा पाएपछि कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले गाउँको स्कूल पढेर संर्घषमय क्षणहरू विताएर आमा बाबाको आर्शिबाद अनि ईश्वरको कृपाले आज दिल्ली युनिभर्सिटीमा पढाउने अवसर पाएको छु अनि आफु जस्तै संघर्ष गरेर दार्जीलिङकै डाक्टर महेन्द्र पी लामाले जेएनयू युनिभर्सिटीमा पढाउने कार्य गरेका थिए।यो हाम्रो जाति र समुदायको निम्ति गर्वको विषय हो तर यहाँ गर्वको गर्नुको साटो बाहिरोबाट आएको भन्ने जो लान्छना लगाउँने कार्यहरू भई रहेको छ यो अति नै दुर्भाग्यपूर्ण रहेको तिनले बताए।डाक्टर तामाङले अघि भने म पूर्ण रूपमा यहाँकै भूमि पूत्र हो,मेरो बाजेको कालेबुङ जिल्ला अन्तर्गत ब्राग्राकोटको चून्नभट्टी गाउँमा घर छ,मेरो आख्खे उर्फ बाजे फरेष्ट गार्ड थिए,मेरो बाजेले मेरो बाबालाई कुमिदिनी होम्स स्कूलमा पढाउँनु भयो,त्यसपछि मेरो बाबा सरकारी नोकारीमा लागु भयो अनि मेरो पनि जन्म यहाँ नै भएको हो तर मेरो आमा बाबाको आर्शिबाद र ईश्वरको आर्शिवादले गर्दा आज म डीयू दिल्ली युनिर्भसिटीमा पढाउने म प्रथम गोर्खा हुँ,जसरी जेएनयूमा पढाउने प्रथम गोर्खा डाक्टर महेन्द्र पी लामा हुनुहुन्छ डाक्टर तामाङले भने।आज गाउँको स्कूलमा पढेर अघि बढेर दिल्ली,बैंग्लोर,विदेशमा काम गर्दै आई रहेका छन तर उनीहरूलाई बाहिरोको भन्ने जो लान्छना लगाउने कार्यहरू भई रहेको छ,यस्ता कार्यहरूले उनीहरूको संघर्षलाई अपमान गर्ने कार्यहरू भई रहेको छ अनि यस्तो कार्यहरूको म कठोर शब्दमा निन्दा गर्छु डाक्टर तामाङले भने।तिनले अझ भने हाम्रो मानिसहरूले प्रगति गर्यो भन्ने विषयमा गर्व गर्नुको साटो आरोप र लान्छना लगाउने जो कार्यहरू भई रहेको छ यसको घोर विरोध गर्छु भन्ने कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पूर्ण दोहोराए।