दार्जीलिङ: गोर्खे महिला नर्समाथि दुर्ववहार हामी सहन गर्ने छैनौं यो मनतव्य हाम्रो पार्टीको नारी एकाई नारी शक्तिको केन्द्रीय कार्यकर्ता नोरा सुब्बाले पोखेको हो।हिज आइतबार कुचबिहारको महाराजा जितेन्द्र मेडिकल कलेज अस्पतालमा कार्यरत कालेबुङकी एक महिलामाथि अस्पतालको एक जना डाक्टरले अभद्र व्यवहार गरेको घटनाले हामी आहत बनेका छौ सुब्बाले भने।तिनले अघि भने अस्पतालमा कार्यरत कालेबुङकी गोर्खे नर्समाथि अस्पतालको डाक्टरले अभद्र व्यवहार गर्दै हातपात गर्ने जो प्रयास गरेको छ त्यसको हामी कठोर शब्दमा निन्दा गर्छौ।गोर्खे चेलीहरूमाथि यस्तो प्रकारको घटना पहिलो होइन,गत केही दिन अघि सिलगढीको मतिगढामा एक गोर्खे चेलीमाथि कुकार्य गरेर उसको निर्मम हत्या गरेको छ।हाम्रो पार्टीको नारी एकाई नारी शक्तिको कार्यकर्ता नोरा सुब्बाले अघि भने हाम्रो पहाडको व्यवस्था ठीक छैन अनि व्यवस्थाको चौकीमा बस्ने अझ बेठीक भएको कारणले गर्दा यस्तो प्रकारको घटनाहरू घटेको हो भन्ने तिनले बताए।पहाडको व्यवस्थाको चौकीमा बस्नेहरूले सिस्टमको कुरा गर्छ तर सिस्टमको कुरा गर्नेहरूकै कारणले गर्दा हाम्रो गोर्खे चेलीहरू असुरक्षित रहेको सुब्बाले बताए।हिज आइतबार कुचबिहार अस्पतालमा घटेको घटनाले हामी धेरै दुखी छौ नोरा सुब्बाले भने।