गेजिङ बर्मेक समष्टिका निर्दिलय उम्मेदवार खुशेन्द्र शर्माले आज गेजिङ बजार नजिक सार्वजनिक भवन परिसरमा चुनावी सभा गरेका छन ।
उनले सम्पुर्ण जनतालाई भारी मतले लाैराेकाे चिन्हमा भाेट दिएर विजयी गराउने अपिल गरेका छन ।
चुनाबी अभियानकाे क्रममा शर्माले गेजिङ बर्मेकका जनतालाई सम्बाेधन गर्दै चुनाउ जितेकाे दुई महिनामा चारवटा जिल्ला समष्टिमा 4 वटा एम्बुलेन्स चारवटा प्रदान गर्ने घाेषणा गरे । आफू जनताको काम गर्न आएको हो ,व्यक्तिगत विचार लिएर होइन ,याे पाँच वर्ष माैका दिनु गेजिङ बर्मेककाे रूप परिवर्तन गरेर जनतालाई मागी खाने होइन गरिखाने बनाउने उनले दाबी गरे ।

उनले समष्टि भित्र रहेका लथालिङ्ग सडक मार्ग,पुर्वधार विकासका कार्यहरू सगै अन्य बुनियाधी सुविधा प्रदान गर्ने ठुलो योजना रहेकाे बताए ।
उनले चुनाउ जितेकाे छाै यो चार दिन हाेसियारी र चंख भएर अनुसासनमा समर्थकलाई रहने अपिल गरे । हामीलाई केवल जनताको हाैसला चाइएकाे मात्र छ ,झुटा प्रलोभनमा फसेर समय बर्बाद नगर्ने शर्माले अपिल गरे । उनले याे पाँच वर्ष यस्तो काम गर्छु जब अर्को चुनावमा जनताले खाेज्दै आउन भन्ने उनले बताए ।
जनताले बनाएको प्रतिनिधिले जनताको काम गर्नुपर्नेछ, यहाँ नारा लाउने समर्थकलाई भुलेर आफन्तलाई सप्लाई दिने नेताले काम नकाट्ने भन्दै उनले जनाएको शक्ति कस्तो हुन्छ याे नेताले बुझ्नुपर्छ भन्ने बताए । जनताले राखेका माग उनिहरूकाे सपनालाई कहिले विफल हुन नदिने उम्मेदवार शर्माले बताएका छन ।
आजको यसै कार्यक्रममा 50 अधिक विभिन्न परिवारले अन्य पाटी त्यागी खुशेन्द्र शर्मालाई समर्थन जनाएका छन ।
गेजिङ बजारमा पार्किङ सुविधा, सुइरेजकाे सुविधा साथै अन्य योजना लिएर आउने उनले थप बताए ।
सबैभन्दा अधिक प्राथमिकता भने लेगसेप गेजिङ सडकलाई दिने उनले बताए । जुन सडककाे कारणले आज गेजिङका जन साधररणले धेरै प्रकारको असुविधाहरू भाेगी रहेका छन यसलाई जरै देखि समस्य निर्मुल पार्ने उनले आस्वस्त गराए । सभा पछि सबैलाई लिएर उम्मेदवार शर्माले नयाँ बजार गेजिङ गेजिङ बजार हुँदै आठ माइल पुगेका थिए ।

सभामा अन्य धेरैले आफ्नो सम्बाेधन गरेका थिए ।