शमा ईण्डिया गठबन्धनको सरकार आए दार्जीलिङलाई छैटौ अनुसूचि पक्का: गुलाम अहम्मद
दार्जीलिङ 16 अप्रैल: काग्रेस पार्टीको नेतृत्वहरूको कारणले गर्दा गोर्खाल्याण्डको मुद्वा एक कदम अधि बडेको हो यो मनतब्य काग्रेस महासचिव गुलाम गुलाम महम्मदले पोखेको हो।ईण्डियाँ गठबन्धन समर्पित काग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चूनावी जनसभा आज खरसाङ बजारमा सम्पन्न भयो।आयोजित चूनावी जनसभामा काग्रेस पार्टीको महासचिव गुलाम महम्मद विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै काग्रेस जिल्ला कमिटि अध्यक्ष शंखर मालंकर,हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स,माकपा नेता एंव पूर्व राज्यसभा सांसद समन पाठक आदि उपस्थित रहेका थिए।आयोजित चूनावी जनसभालाई सम्बोधन गर्ने क्रममा काग्रेस महासचिव गुलाम महम्मदले मेरो 40 बर्षको राजनैतिक जीवनमा दार्जीलिङको राजनैतिक स्थितिहरूको बारेमा धेरै कुराहरू सुनेको थिए तर आज स्वयम यहा आएर हेर्ने मौका पाए।तिनले अझ भने गोर्खाल्याण्डको बारेमा आज जो चर्चा चुलिएको छ अनि गोर्खाल्याण्डको मुद्वा केही कदम अधि बडेको छ भने काग्रेस पार्टीको नेताहरूको कारणले गर्दा भएको हो,केन्द्रमा काग्रेस पार्टीको सरकार छदा भएको हो।गुलाम महम्मदले अघि भने पूर्व प्रधानमंत्री स्व0 राजीव गाधीको कारणले गोर्खाल्याण्डको मुद्वाले देशमा चर्चा ओगटन सफल भएको हो।सुवास धिसिङको आन्दोलनकालमा तत्कालिन प्रधानमंत्री स्व0 राजीव गाधी आन्दोलनकारीहरूसंग बातचित गरेपछि दार्जीलिङ गोर्खा पार्वतीय परिषदको गठन भएको हो।त्यसरी नै काग्रेस पार्टीकै पहलमा यस क्षेत्रलाई छैटौ अनुसूचि प्रदान गरिने पहल भएको थियो साथै यसै वीच केन्द्रमा काग्रेसको सरकार नहुदा र तपाईहरू काग्रेसदेखि टाडो हुदा यस विषयदेखि पहाड विमुख हुन परेको हो गुलाम महम्मदले भने।तिनले अधि भने काग्रेस पार्टीसंग दुखी हुदा तपाईहरूले भाजपा र तृणमूल काग्रेस रोज्नु भयो तर 10 बर्षको अन्तरालमा दार्जीलिङबासीहरूले केही पाएनन,केवल झुक्काउने कार्यहरू मात्र भएको छ। आज तपाईहरूले आफ्नो भाग्य बनाउँने समय आएको छ यो सुनौलो मौकालाई त्यसै सित्थैमा जानु नदिनु होस महम्मदले भने।दार्जीलिङ पहाड एंव गोर्खाहरूको भाग्य पूनः बदलाउँन हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्स दिल्ली आएको थियो आज म त्यही कूराहरू बताउँन यहा आएको हो।गोर्खा समुदायमा धेरै जात गोष्ठीहरू छन ती जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गर्ने विषयहरूमाथि चर्चा भएको थियो।केन्द्रमा यस पटक ईण्डिया गठबन्धनको सरकार गठन हुन तय छ,केन्द्रमा ईण्डिया गठबन्धनको सरकार गठन भए दार्जीलिङ पहाड लगायत देशको अन्य पार्वतीय क्षेत्रहरूलाई छैटौ अनुसूचिमा समाबेश गर्ने कार्य अवश्य गरिनेछ।10 बर्षको अवधिमा पहाडमा केही काम भएको छैन त्यसकारण यस पटक ईण्डिया गठबन्धनको उम्मेद्वार डाक्टर मुनिष तामाङलाई भोट दिएन तपाईहरूको भाग्य बनाउनु होस काग्रेस महासचिव गुलाम महम्मदले भने।